रास्वापले पुजा बास्तोलालाई केन्द्रीय समितिमा ल्याउँदा बाहिरिए सोम शर्मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यको सूचीमा संशोधन गरेको छ । यसअघि विजयी घोषित दुई उम्मेदवार केन्द्रीय समितिबाट बाहिरिएका छन् भने दुई जना नयाँलाई निर्वाचित घोषणा गरिएको छ ।

रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी पूजा बास्तोलाले मतपरिणाममा गडबडी गरिएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएकी थिइन् । आफूलाई पन्छाएर कम मत ल्याउनेलाई विजयी घोषणा गरिएको उनको दाबी थियो । आयोगले बास्तोलाको दाबीलाई सदर गरेको छ ।

नतिजा घोषणामा प्राविधिक त्रुटि भएको स्वीकार्दै प्रादेशिक केन्द्रीय सदस्यमा गण्डकीबाट बास्तोलालाई विजयी बनाइएको हो । यसअघि सो क्षेत्रबाट विजयी घोषित सोम शर्मालाई केन्द्रीय समितबाट हटाइएको छ । उनी बाग्लुङ २ बाट निर्वाचित सांसद हुन् ।

यस्तै जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठलाई निर्वाचित घोषित गरिएकोमा उनी पनि बाहिरिएका छन् । उनको ठाउँमा ध्रुव थापामगरलाई निर्वाचित घोषणा गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित