काठमाडौं । नेपाल योङ ब्रदर्श तेक्वान्दो क्लबको आयोजनामा राष्ट्रियस्तरको मेयर कप खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बुटवलमा हुने भएको छ । वैशाख २५ र २६ गते सो प्रतियोगिता बुटबलमा हुने भएको हो ।
प्रतियोगितामा बुटवल उपमहानगरपालिकाको सहयोगमा सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका खेलाडी, प्रशिक्षक, निर्णायक तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहने क्लवका अध्यक्ष जनकराज गौतमले जानकारी दिए ।
“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारासहित आयोजना हुन लागेको उक्त प्रतियोगिताले नेपाली तेक्वान्दो खेलको विकास, युवाहरूमा खेलप्रतिको आकर्षण वृद्धि तथा राष्ट्रिय खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको उनले बताए ।
आयोजकका अनुसार प्रतियोगितालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो संघ–संस्थाहरूको समेत सहयोग रहनेछ।





































