कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।

चैत ६ गते शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूलाई पनि सहभागी हुन आह्वान गरिएको छ। केन्द्रीय समिति बैठकमा चुनावी समीक्षालगायत विषयमा छलफल हुनेछ।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कूल ३८ सिट जितेको थियो। सभापति गगन थापासहित चुनाव उठेका सबै पदाधिकारी पराजित भएका थिए । पार्टीका अधिकांश उम्मेदवारको पराजयपछि सभापति थापाको राजीनामा माग पनि भइरहेको छ।

उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा सभापति थापाले पदबाट राजीनाामा दिने बताए पनि उनले नदिन सुझाव दिएका थिए । कांग्रेसभित्र नियमित महाधिवेशन मिति तोक्न पनि माग भइरहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित