काठमाडौं । मकवानपुरमा जीप दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये चार जनाको पहिचान खुलेको छ। आइतबार साँझ मकवानपुरको भीमफेदी गाउपालिका–६ जुरीखेत स्थित भीमफेदी कुलेखानी काठमाडौ सडक खण्डमा आइतबार साँझ दुर्घटना भएको थियो।
काठमाडौंबाट हेटौडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी सडकबाट १०० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको, सुमोमा सवार ९ सवार रहेका थिए भने ६ जनाको हेटौंटा अस्पतालमा निधन भएको छ।
प्रहरीका अनुसार हेटौडा अस्पतालमा मृत्यु भएकाहरुको विवरणः
१. देश भारत बिहार राज्य पटना बस्ने वर्ष ४२ को रजनिस कुमार
२. जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका ४ कमलडाँडा बस्ने वर्ष ४० की सबिता लम्साल
३. जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका २ कान्तिराजपथ बस्ने वर्ष ९ को निखिल अग्रवाल
४. देश भारत बिहार राज्य बेगुसराई बस्ने वर्ष ४९/५० को अरबिन्द कुमार
५. तत्काल नाम थर वतन नखुलेको वर्ष ३३६ को पुरुष
६. तत्काल नाम थर वतन नखुलेको वर्ष ४० को पुरुष






































