बागलुङ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. १ बाट नेकपा एमालेले ३ जनालाई सिफारिस गरेको छ ।
नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकबाट खुल्लातर्फ निवर्तमान केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा र जिल्ला अध्यक्ष हिराबहादुर केसी तथा केन्द्रीय सदस्य मन कुमारी केसी जिसीलाई उमेदवार सिफारिस गरेको हो ।
शुक्रवारको वैठकमा ८ जनाले उमेदवारका लागि दावी गरेका थिए ।































