आईजीपी कार्कीको पहिलो निर्णय : जुनियर अधिकृतसम्मलाई २ लाखसम्म कर्जा

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जुनियर प्रहरी अधिकृत सम्मलाई आपतकालीन सहुलियत कर्जा दिने निर्णय गरेका छन् । उनले वरिष्ठ सईसम्मको लागि प्रहरी कल्याण कोषबाट आपतकालीन कर्जा दिने निर्णय गरेका हुन्। नेपाल प्रहरीको ३३ औँ आईजीपी नियुक्त भएपछि उनले सो निर्णय गरेका हुन् । आपतकालीन अवस्थामा दिइने सो कर्जा जवानदेखि वरिष्ठ सई सम्मले मात्र लिन पाउनेछन् ।

कल्याण कोषबाट यसअघि कोटा प्रणालीबाट दिइँदै आएको ५ लाख सहुलियत कर्जा जुनियर कर्मचारी र कम्प्युटर चलाउने क्षमता नभएकाहरूको पहुँचमा नभएको निष्कर्षसहित सो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निवेदनको आधारमा जुनियर अधिकृतसम्मलाई मापदण्ड बनाएर कर्जा दिने निर्णय प्रहरीको पीसीसी (पोलिसी कोअर्डिनेशन कमिटी)बाट पारित भएको छ । आपतकालीन अवस्थाको सो कर्जा डेढ वर्षभित्र तिरिसक्नुपर्ने कार्यविधि पारित गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित