दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई जना मन्त्रीहरूले शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न दुई जना मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शपथ लिएका हुन्। आज ४ जना मन्त्रीको शपथ गराउने तयारी भए पनि दुई जनाको शपथ रोकिएको थियो।

गौतम पूर्वस्वास्थ्य सचिव हुन् भने गुप्ता १०० ग्रुपका अध्यक्ष हुन्। प्रधानमन्त्री सुशीला कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि मन्त्रीमा सिफारिस गरेकी थिइन्। त्यसअघि उनको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा थियो। श्रेष्ठले भूमि मन्त्री नबन्ने बताएका थिए।

साथै खगेन्द्र सुनार श्रम मन्त्रीमा सिफारिस भएका थिए। उनीविरूद्ध तीन अदालतमा मुद्दा रहेको तथ्य बाहिर आएपछि शपथ रोकिएको थियो।

कार्की नेतृत्वको मन्त्रिपरिषद १० सदस्यीय पुगेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित