कुशल भुर्तेलको अर्धशतकमा ओमानसामु १५२ रनको लक्ष्य

काठमाडौं । कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ को तेस्रो खेलमा घरेलु टिम ओमानविरुद्ध १५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार ओमानको अल अमेरतमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५१ रनको योगफल खडा गर्‍यो ।

नेपालका ओपनरका ओपनर कुशल भुर्तेलले सर्वाधिक ६९ रन बनाए । उनले ५१ बलमा सात चौका र एक छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो १३औँ अर्धशतक हो । जारी प्रतियोगितामा भने भुर्तेलको यो दोस्रो अर्धशतक हो ।

अर्का ओपनर आसिफ सेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रन थपे । यी दुईले ७।३ ओभरमा ६१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, मध्यक्रम र तल्लो क्रमका ब्याटर चल्न नसक्दा नेपाल ठूलो योगफलसम्म पुग्न सकेन ।

गुल्सन झाले नौ बलमा दुई छक्कासहित १८ रन थपे । मोहम्मद आदील आलमे १५ बलमा तीन चौका प्रहार गर्दै १६ रन जोडे ।

ओमानका नदीम खानले चार विकेट लिए । चार ओभर बलिङ गरेका नदीमले २० रनमात्र खर्चिए । सुफयान मेहमुद र जितेन रमानन्दीले समान दुई विकेट लिए ।

नेपालले छनोटअन्तर्गत सुपर–६ को दुई खेल अगावै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको छ । नेपालले समग्रमा तेस्रो पटक टी–२० विश्वकपको टिकट काटेको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ मा टी–२० विश्वकप खेलेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित