नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्ने निश्चित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले तेस्रोपटक टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा युनाइटेड अरब इमिरेट्स (यूएई)ले बुधबार साओमविरुद्ध ७७ रनको जित निकालेसँगै नेपाल र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान सुनिश्चित गरेका हुन् ।

नेपाली क्रिकेट टिमले हालसम्म दुईपटक मात्र ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको छ । नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।

त्यसबेला नेपाली टिम नेपाल क्रिकेट संघ (क्यान)का हालका सचिव पारस खड्काको कप्तानीमा प्रतिस्पर्धामा उत्रिएको थियो । २०१४ पछि विभिन्न उतार–चढाव पार गरेको नेपाली टिमले १० वर्षपछि मात्रै फेरि टी–२० संरचनाको विश्वकपमा स्थान बनायो ।

नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । विश्वकपको यो संस्करणमा नेपाली टिमको नेतृत्व वर्तमान कप्तान रोहितकुमार पौडेलले नै सम्हालेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित