हमासद्वारा ४८ इजरायली बन्दीको रिहा, नेपालका विपिन जोशीको तस्विर पनि सार्वजनिक

काठमाडौं । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ ।

‘बिदाइ तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन । टाइम्स अफ इजरायलले भने हमासले सार्वजनिक गरेको तस्वीरलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन खोजेको उल्लेख गरेको छ ।

इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणबाट गाजा क्षेत्रमा राखिएका बन्दीहरूको सुरक्षालाई खतरा पुर्‍याएको हमासले जिकिर गरेको छ ।

सञ्चार संस्था अल जजिराका अनुसार, इजरायली सेनाले घेरिएको क्षेत्रको सबैभन्दा ठूलो सहरलाई ध्वस्त पार्ने र नियन्त्रणमा लिने अभियान जारी राखेको बेला हमासले यो बिदाई तस्वीर सार्वजनिक गरेको हो ।

कस्साम ब्रिगेड्सले शनिबार अनलाइनमा एउटा संकलित फोटो पोस्ट गरेको छ । त्यसमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको छ । तिनीहरू सबैलाई ‘रोन अराड’ भनेर क्याप्सनमा उल्लेख गरिएको छ ।

अल जजिराका अनुसार, रोन अराडले सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका क्याप्टेनलाई जनाउँछ ।

अराडको एफ फोर फ्यान्टम विमानले दक्षिण लेबनानमाथि आक्रमण गर्ने क्रममा चाँडै नै बम विस्फोट हुँदा क्षतिग्रस्त भएको थियो । उनलाई आमल आन्दोलनले कब्जा गरेर पछि हिज्बुल्लाहलाई सुम्पिएको थियो। अराडको मृत्यु भएको विश्वास गरिन्छ, तर उनको वास्तविक अवस्थाबारे कुनै निर्णायक प्रमाण छैन ।

हमासले सार्वजनिक गरेको तस्वीरसँगै ‘नेतान्याहूको अस्वीकार र जामिरको आत्मसमर्पणका कारण, गाजा सिटीमा सैन्य कारबाही सुरु हुने बेलामा यो बिदाई तस्वीर हो’ उल्लेख गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित