ठमेलमा राति १० बजेसम्म मात्र मदिरा पसल खोल्न पाइने

काठमाडौं । ठमेलमा मदिरा, ठेलागाडा तथा नाङ्गलामा हुने व्यवसाय राती १० बजेसम्म गर्न पाइने भएको छ । ठमेल पर्यटन विकास परिषदले रात्रीकालीन समयमा लुटपाट, भीडभाड र चोरीका घटना बढेकाले साना व्यवसायलाई १० बजे सम्म खुला गर्न अनुरोध गरेको हो ।

पर्यटकीय क्षेत्र ठमेल घुम्न आउने पर्यटकको शान्ति सुरक्षा गर्नु विकास परिषदको पहिलो दायित्त्व रहेको परिषदका कार्यवाहका महासचिव पूण्यराम लगेजुले बताए ।

‘साना व्यवसाय र मदिरा पसलका कारण सडकमा भीडभाड बढेकाले १० बजेसम्म खुला गर्ने निर्णय गरिएको छ,’ उनले भने,’ ठमेलमा पछिल्लो समय अवाञ्छित गतिविधि बढेकाले पनि साना व्यवसायलाई छिटो बन्द गर्नुपर्ने बाध्यता रहेको छ ।‘
सडकमा होहल्ला गर्ने र झै(झगडा गर्नेको संख्या बढेकाले पनि सुरक्षा व्यवस्थाको मजबुत लानुपर्ने अवस्था आएको लगेजुले बताए ।

२४ घण्टा मदिराजन्य पसल खुला हुँदा ठमेलमा ठूला लगानीमा खुलिएका व्यवसायलाई प्रत्यक्ष रुपमा प्रभाव परेको एक रात्रीकालीन व्यवसायीले बताए । ‘बढी राजश्व तिर्ने व्यवसायीलाई यसले ठूलो प्रभाव परेको छ,’ उनले भने,’ मदिरा सेवन गरेर होटल रेष्टुरेण्टहरूमा ग्राहक पुग्दा भित्र अपेक्षा गरे बमोजिम व्यापार हुन सकेको छैन ।‘

ठमेलमा साना व्यवसायीले तिर्ने राजश्व र ठूला व्यवसायीले तिर्ने राजश्वमा फरक रहेको उनको भनाइ छ । साना व्यवसायीलाई राज्यले निश्चित समय र नियम बनाएर व्यवसाय गर्ने वातावरण बनाउन उनले सुझाव दिएका छन् ।
पर्यटकको सिजन लागेकाले ठमेललाई सुरक्षित र शान्त रहेको सन्देश फैल्याउनु पर्ने उनले बताए ।

साना(साना व्यवसायीका कारण लुटपाट र चोरीका घटना बढेकाले पनि यस्तो ठमेललाई असुरक्षित बनाइरहेको उनले दाबी गरे । उनी भन्छन्,ु सडकमा रातभर हल्ला गर्दै बाटामा बसेर मदिरा सेवन गरिरहेका हुन्छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित