ऐतिहासिक दस्तावेज, बहुमुल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्न सिआइबीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य वस्तु, हातहतियार खरिद तथा बिक्री नगर्न अनुरोध गरेको छ ।

सिआइबीले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवन, बैंक वित्तीय संस्थालगायतका संरचनाहरुमा आगजनी र तोडफोड गर्नु पूर्व त्यस्ता भवनहरुमा रहेका ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य वस्तु, हातहतियार र अन्य महत्त्वपूर्ण जिन्सी तथा नगद सामानहरु लुटपाट गरी बजारमा बिक्री वितरण गरिरहेको सूचना प्राप्त भएकाले सो सम्बन्धमा ब्यूरो एवं अन्य प्रहरी कार्यालयहरुबाट अनुसन्धान भइरहेको जनाएको छ ।

यसैगरी सो सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना दिन हुन र त्यस्ता सामानहरु प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउन समेत अनुरोध गरिएको छ । यस्ता चोरी तथा लुटपाट भएका सामानहरुको खरिद बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत ब्यूरोद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित