खेत रोपाइँ पनि ठेक्कामा !

गलकोट । काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उनकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थालेका छन् ।

गाउँको एक हजार ५०० रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी तीन हजार २६६ मा ठेक्का लिएर उनीहरूले रोपाइँको चाजोपाजो मिलाएका हुन् । खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था उनीहरूले गरिदिन्छन् , तर त्यसबापत अग्रिम रुपमा रकम उपब्ध गराउनुपर्छ ।

घर्ती दम्पतीले गत असारमा १८९ रोपनीमा रोपाइँ गरेर छ लाख १७ हजार ४०० आर्जन मात्र गरेनन् १० जनालाई रोजगारी पनि दिए । किसान अमरबहादुरले पनि सोही महिना १८६ रोपनी खेत रोपेर छ लाख सात हजार ६०० कमाए । उनले पनि १० जना खेतालालाई एक महिना रोजगारीको व्यवस्था गरे ।

नयाँ अवधारणाका साथ बाझा खेत हरियालीमा परिणत भएपछि वडा कार्यालयले उनीहरूलाई सम्मान गरेको छ । साथै खनजोत गर्न उनीहरूलाई वडाले एउटा मिनी टिलर उपहार दिने घोषणा गरेको छ ।

बुधबार वडा कार्यालयमा पौरखी किसानलाई सम्मान गर्दै वडाध्यक्ष प्रेम लामिछानेले भने, “प्याकेजमा खेत रोप्ने योजना अनुकरणीय छ । जग्गाधनीले खेताला खोज्ने, उनीहरूलाई खाना, पानी, गोरु, ट्याक्टरको व्यवस्थाको झन्झट परेन । रकम भुक्तानी भए खेत रोपियो ।”

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित