काठमाडौं । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ।
आज भएको मत विभाजनमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले मत दायर गरे। प्रदेशसभामा कांग्रेसका ३७ सदस्य छन्।
यससँगै अब यहाँ इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ।

































