रूपन्देही । पूर्वबाट पश्चिमतर्फ आएको भे१ख ४०८५ नम्बरको बस नवलपुरस्थित विनयी खोलामा आएको बाढीले बगाएको छ।
गयराती बाढीले करिब ४० यात्रु बोकेकोे सो बस बगाएपछि प्रहरीले बीचबाट उनीहरूको उद्दार गरेपनि बस भने नभेटिएको नवलपुर प्रहरीका सूचना अधिकारी डिएसपी मधु नेपालले जनाएका छन् ।
लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध भएको थियो । प्रहरीले बिहीबार बिहानै सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको थियो । तर केही बसहरू सूचना अटेरी गरि चलाएका थिए ।
केही दिनयताको लगातार अविरल वर्षाले विनयी खोलामा पानीको सतह बढेर डाइभर्सनमा क्षति पुगेको छ भने दुम्कीबास-दाउन्ने खण्डमा पर्ने विश्वकर्मा मन्दिर र झ्युखोलामा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने समस्या भएकाले आवागमन पूर्ण रूपमा प्रभावित बनेको प्रहरीले जनाएको छ।































