हास्य कलाकार घनश्याम गौतमको निधन

काठमाडौं । आन्द्राको क्यान्सरसँग जुधिरहेका हास्य कलाकार घनश्याम गौतमको गए राति भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचारका क्रममा निधन भएको छ।

‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ परिचित गौतमको निधनले नेपाली हास्य कलाकारिता क्षेत्रले एक प्रतिभाशाली कलाकार गुमाएको छ।

मङ्गलबार राति १ः०५ बजे उनको फेसबुक एकाउन्टबाट एउटा तस्बिरसहितको पोष्टमा भनिएको छ, ‘अब हामी माझ रहनु भएन हार्दिक श्रद्धाञ्जली ।’

उनले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम र स्टेज कार्यक्रमहरूमार्फत आफ्नो कला प्रस्तुत गरेका थिए।

दुई वर्षअघि पेटको क्यान्सर पुष्टि भएपछि गौतमले भक्तपुर क्यान्सर अस्पतालमा लामो समय उपचार गराएका थिए। त्यहाँ निको नभएपछि उनी भारतको नयाँ दिल्लीसम्म पुगेका थिए। भारतबाट फर्किएपछि उनको स्वास्थ्यमा केही सुधार आएको थियो ।

पुनः स्वास्थ्यमा समस्या आएपछि करिब डेढ महिनाअघि उनलाई सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा भर्ना गरिएको थियो। केएमसीमा उपचारकै क्रममा स्वास्थ्य अवस्था थप जटिल बनेपछि परिवारले उनलाई थप उपचारका लागि ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा सारेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित