काठमाडौं । सरकारले यही वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए । राष्ट्रपतिले संघीय संसदको संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ। सोही नीति र कार्यक्रमअनुसार आगामी जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता सरकारलाई छ ।




































