गलकोट बहुमुखी क्याम्पसमा नेविसंघसहित तीन संगठनलाई पराजित गर्दै अखिल क्रान्तिकारीको प्यानलै विजयी

बागलुङ । स्ववियुको निर्वाचनमा गलकोट बहुमुखी क्याम्पसमा तीन संगठन (नेवि संघ, अनेरास्ववियू, अखिल छैठौं)लाई पराजित गर्दै अखिल क्रान्तिकारीको प्यानलै बिजयी भएको छ ।

मंगलबार भएको निर्वाचनमा नेविसंघकी रेनुका परियारलाई पराजित गर्दै अखिल क्रान्तिकारीका प्रभात साहानी बिजयी भएका हुन् । साहानीले ९९ मत प्राप्त गरेका छन् भने, परियारले ५८ मत प्राप्त गरेकी छन् । यस्तै सचिवमा अखिल क्रान्तिकारीका पवन विकले ८५ मत प्राप्त गरि बिजयी हासिल गरेका छन् ।

उनको प्रतिद्धन्द्धी नेविसंघका अंकिता न्यौपानेले १० र अनेरास्ववियूका पारु घर्तीले ५९ मत प्राप्त गरेकी छन् । यस्तै कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी स्मृति बुढाथोकीले ८९ मत प्राप्त गरी बिजयी भएकी छन् । उनको प्रतिद्धन्द्धी नेविसंघका अमृत सापकोटाले ६५ मत प्राप्त गरेका छन् ।

यस्तै सदस्यमा अखिलकै निकिता साहानीले ९० मत, सोही संगठनका अजय केसीले ८२ मत र प्रमिला विकले ८८ मत प्राप्त गर्दै बिजयी हासिल गरेको निर्वाचन समितिले जनाएको छ । बिहानबाट शुरु भएको मतदानमा १५८ जनाले मतदान गरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित