एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दनले गरे पार्टी परित्यागको घोषणा

काठमाडौं । नेकपा (एमाले) का रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी परित्याग गरेका छन्। उनले शनिबार हिमालय टेलिभिजनसँग कुराकानी गर्दै पार्टी परित्यागको घोषणाा गरेका हुन्।

ढकालले पार्टी सचिव पेम्बा तामाङले चारपटकसम्म सांघातिक आक्रमण गरेको र पार्टी इन्चार्ज प्रेम तामाङ त्यसको मतियार बनेको आरोप लगाएका छन्।

प्रेम तामाङ गत वैशाख ९ गते एमाले प्रवेश गरेका थिए। उनी २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा नेकपा (माओवादी) बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। २०७४ सालमा रसुवाको प्रदेश १ बाट निर्वाचित भएका थिए। त्यतिबेला उनी नयाँ शक्तिबाट चुनाव लडेका थिए।

‘त्यहाँको पार्टी सचिव जसले, पार्टी अध्यक्षले बैठकको अन्तिममा समापन गर्ने क्रममा सांघातिक आक्रमण गरेको छ। एकपटक होइन, चारपटक, यस्तो आक्रमण कि त्यहाँ दाउरा, चिर्पट भएको भएदेखि त्यसले रूप अर्कै लिन्थ्यो होला। त्यो खालको आक्रमण भएको छ। हेर्दा सामान्य खालको लाग्नसक्छ, एउटा मात्र बैठक होइन, चारवटा बैठकमा,’ उनले भनेका छन्।

उनले रसुवामा एमालेको तीन महिने जराकेन्द्रित अभियान रोकिएको पनि बताए। पार्टीका नियमित गतिविधिसमेत हुन नसकेको र सचिवले पटकपटक अवरोध गरेको कुरा प्रदेश इन्चार्ज राजन भट्टराई, पूर्वइन्चार्ज गुरू बराल, पूर्व जिल्ला इन्चार्ज सोम मिश्रलाई अवगत भएको पनि बताए।

तीन दिनअघि मात्रै पनि पार्टी महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज भट्टराईसँग छलफल भएको र उनीहरूले अध्यक्ष र सचिव मिल भन्नुबाहेक ठोस उत्तर दिन नसकेको बताए।

‘मेरो माथिल्लो कमिटी बागमती प्रदेश कमिटी हो। मैले राजीनामा दिइरहँदा मेरो राजीनामा स्वीकृत नहुने, तिमीहरू मिलभन्दा अरू कुरै केही नहुने। हामी बिरामी भएर चिकित्सिककहाँ जान्छौं, चिकित्सले यसो धाप मार्दिएपछि बिरामी निको हुँदैन नि१ उहाँहरूले त्यो व्यवहार गर्नुभयो,’ उनले भनेका छन्, ‘दुई दिन अगाडि छलफल भएको थियो। दुई महिना अभियान गर्नुस्, त्यसपछि तपाईंहरूलाई राखेर हामी केही छलफल गर्छौं भन्ने अपेक्षा थियो, त्यो हुन सकेन। मलाई उहाँहरूले दिनुभएको स्पष्टीकरण चित्तबुझ्दो लागेन। मलाई फेरि पनि त्यही थलोमा, उहाँहरूसँगै बसेर काम गर्न सक्ने जोश, जाँगर, इच्छा छैन। त्यसकारण आज यो मिडियामार्फत् पार्टीको जिल्ला अध्यक्ष, संगठित सदस्यसहित सबै भूमिकाविहीन भएर स्वतन्त्र नागरिक रहेको घोषणा गर्न चाहन्छु।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित