रास्वपा कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला जलाएपछि चितवनका सिडिओ र एसपीको सरूवा

काठमाडौं । चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा भएको छ ।

सीडीओ इन्द्रदेव यादवको सरुवा भएको छ भने प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुखमा नयाँ एसपी पठाएको हो । सीडीओ यादवलाई गृह मन्त्रालयमा तानिएको छ भने नयाँ सीडीओको रूपमा गृहले प्रकाश पौडेललाई पठाएको छ ।

चितवनका एसपी भावेश रिमालको काज सरुवा गर्दै उनको स्थानमा एसपी गौतम मिश्रलाई पठाएको हो । रिमालको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा काज सरुवा भएको हो भने गौतम पनि सोही ब्यूरोमा कार्यरत थिए ।

रिमालको कार्यक्षमतामाथि प्रश्न उठेपछि सरुवा भएको छोटो समयमै उनको सरुवा भएको छ ।

सामान्यतया सरुवा भएको १ वर्षभित्र सरुवा नगर्ने प्रचलन रहे पनि गत फागुनमा मात्रै चितवन सरुवा भएका एसपी रिमालको सरुवा भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेपछि रास्वपाका नेता कार्यकर्ता बिरोधमा उत्रिएका थिए ।

लामिछाने पक्राउ परेपछि शुक्रबार राति नै चितवनबाट रास्वपाका नेता कार्यकर्ता पोखरातर्फ लागेका थिए उनीहरुलाई रोक्न प्रहरी प्रशासन कमजोर देखिएको आरोप छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला नारायणी नदीमा दाहसंस्कार गरेको घटनामा सुरक्षा निकाय र चितवनको प्रशासनको कमजोरी देखिएको भन्दै सीडीओ र एसपीको सरुवा भएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित