काठमाडौं । समानुपातिकतर्फ प्राप्त ९ सीटमा नेकपाले सांसदहरूको नाम टुंग्याएर निर्वाचन आयोगमा पठाएको हो ।
नेकपा स्रोतका अनुसार खस आर्यतर्फ पुरुषमा प्रमेश हमाल र महिलामा बलावती शर्माको नाम निर्वाचन आयोगमा पठाइएको छ ।
यसैगरी, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बरबरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौराको नाम पनि सांसदको सूचीमा परेको नेकपा स्रोतले जानकारी दियो ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सांसदहरूको नाम टुंगो लगाएका हुन् ।

































