बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ अस्पतालको अध्यक्षमा कमल भुषाल नियुक्त भएका छन् । भुषालाई गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।
आज बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा भुषाललाई नियुक्त गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले जानकारी दिए ।
यसअघि अस्पतालको अध्यक्षमा ढोरपाटन नगरपालिका उपप्रमुख धनबहादुर कायतलाई जिम्मेवारी तोकिएको थियो ।








































