पर्साका ७ प्रभावशाली युवा नेताले छाडे प्रचण्डको साथ, जनार्दनको पार्टीमा समाहित

काठमाडौं । काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व अस्वीकार गर्दै पर्साका सात जना प्रभावशाली युवा नेता प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा समाहित भएका छन् ।

तत्कालीन माओवादी केन्द्रका युवा नेता सन्तोष घिमिरे, नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाःका केन्द्रीय उपाध्यक्ष बालकृष्ण श्रेष्ठ, पर्सा क्षेत्र नम्बर २ का इन्चार्ज अमिताभ बच्चन दास लगायतका नेता जनार्दन शर्मा, बाबुराम भट्टराईहरूको अग्रसरतामा बनेको प्रलोपामा समाहित भएका हुन् ।

यस्तै साविकको माओवादीकै पर्सा क्षेत्र २ का क्षेत्रीय संयोजक सुनिल रौनियार, पर्साकै कालिकामाई गाउँपालिकाका इन्चार्ज दिनेश प्रसाद यादव, युवा नेता फनिद्र प्रसाद गुप्ता र अखिल क्रान्तिकारीकै केन्द्रीय लेखा आयोग उपाध्यक्ष रहेकी गायत्री सिंहले प्रचण्डको साथ छाडेका छन् ।

देशमा विकसित भएको राजनीतिक परिवर्तनपछि पनि कम्युनिस्ट पार्टीको कार्यशैली नसच्चिएको भन्दै जनवादी केन्द्रियताका नाममा गोजीबाट नेतृत्व छान्ने प्रवृत्ति कायम रहेको उनीहरूको निष्कर्ष छ ।

पार्टी एकताका नाममा जनताले तिरस्कार गरिसकेको पुस्तालाई समेटेर बनेको नेकपाको नेतृत्वमा वृद्धहरू नै कायम राखिएको प्रति उनीहरूले असन्तुष्टि पोखेका छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित