काठमाडौं । नेकपा एकीकृत समाजवादीका असन्तुष्ट नेताहरु विभाजित भएका छन् । माओवादी केन्द्रसँग पार्टी एकताको विपक्षमा रहेका झलनाथ घनश्याम समूह पनि फुटेको हो ।
पार्टी पुनर्गठन गर्ने पक्षमा रहेका झलनाथ खनाल-घनश्याम भुसाल पक्षले गौशालामा बैठक गरिरहेका छन् । तर, रामकुमारी झाँक्री, पूर्वसांसद किसान श्रेष्ठ, अम्बरबहादुर थापा, डा. वंशीधर मिश्रसहित होमबहादुर बुढाथोकी, पिताम्बर तिमिल्सिना, अर्जुन राईहरु एमाले फर्किने पक्षका नेता कार्यकर्तालाई एकीकृत गरिरहेका छन् ।
पूर्वसांसद किसान श्रेष्ठले एमालेसँग वार्ता चलिरहेको बताएका छन् । सहमति भए चाँडै एमालेमा फर्किने उनको भनाइ छ ।


































