काठमाडौं । जेनजी अभियन्ताले नेपाली सेनाले आफूहरुलाई राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्न दबाब दिएको बताएका छन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै जेनजी अभियन्ता रक्षा बमले प्रसाईं र रास्वपा समूहलाई वार्तामा सहभागी गराइएपछि आफू वार्तास्थलबाट बाहिरिएको उल्लेख गरेकी छन् ।
‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग पनि वार्तामा बस्नुपर्छ, उहाँहरू पनि स्टेकहोल्डर हुन् भनेर प्रधानसेनापतिले भन्नुभयो । तर, जेन–जेड आन्दोलनका क्रममा भएको बलिदान र परिवर्तनको यात्रा कमजोर पार्ने खतरा भएकाले हामीले त्यो प्रस्ताव अस्वीकार गर्दै सेनाको मुख्यालय छाडेका हौं।’
बमका अनुसार अहिले जेनजी समूह आफ्ना मागहरू स्पष्ट गर्न छलफलमा जुटेको छ ।






































