राहुघाट पहिरो अपडेट : बागलुङका सुजनसहित दुई जनाको मृत्यु (घाइते र मृतककाे नामावली)

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा आज दिउँसो पहिरोमा पुरिएर ज्यान गुमाएका र घाइते भएका मजदुरहरुको पहिचान खुलेको छ ।

रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको बाँधमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु र पाँच जना घाइते भएका थिए । बागलुङको तमानखोला गाउँपालिका–१ का २२ वर्षीय सुजन बुढामगर र चितवनका अन्दाजी ४५।४६ वर्षका लालबहादुर सुनारको घटनास्थलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

पहिरोमा पुरिएर घाइते भएका भारतको गोपालगङ्गाका ५५ वर्षीय धरम कुसहवा, विहार शासाराम जिल्लाका ५५ वर्षीय भैयाराम चौधरी र बाराको निजगड नगरपालिका–७ का ४० वर्षीय कुमार थापामगरलाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

सर्लाहीको बागमती नगरपालिका–५ का ३२ वर्षीय गणेशबहादुर मगर र रोल्पाको सुनछहारी गाउँपालिका–३ का ३३ वर्षीय चुमान पुनको बेनी अस्पतालमा उपचार भइरहेको छ । बाँधमा काम गरिरहेको अवस्थामा एक्कासि भिरबाट पहिरो खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको आयोजनाको सिभिल ठेकेदार भारतीय जयप्रकाश एसोसियट्सका मजदुरहरु पहिरोमा पुरिएका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित