कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

चितवन । यहाँ पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो ।

कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको हो । कार्यालयले एलाइजा प्रविधिबाट गरीएको परीक्षणका क्रममा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको हो । उनका अनुसार ९२ नमूना परीक्षणका क्रममा ३३ प्रतिशत अर्थात् ३१ वटा नमूनामा यो रोगको पुष्टि भएको हो ।

यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्छ । जसले गर्दा अन्य रोगले कुखुरामा आक्रमण गर्ने गरेको उनले बताए । उनले भने, “प्रत्यक्ष रूपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ ।”

यस रोग लागेका कुखुरामा रक्तअल्पदा हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्ष्यण देखा पर्दछन् । उनले भने, “कुखुराले चारा खाने, हिँडडुल गर्ने गरे पनि यसको प्रभाव दीर्घकालीन रूपमा पर्ने भएकाले बेवास्ता गर्नु हुँदैन ।” नेपालमा यो रोग काठमाडौंमा पहिलोपटक दुई वर्षअघि देखिएको उनले जानकारी दिए । कुखुरालाई यो रोगबाट बचाउन ‘चिकेन एनेमिया भाइरस’ विरुद्धको भ्याक्सिन दिनुपर्ने उनले बताए । ब्रोइलरको माउ र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिनुपर्ने उनले बताए ।

चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना यो प्रयोगशालामा परीक्षण हुँदै आएको छ । गत आर्थिक वर्षमा प्रयोगशालाले दुई हजार ५०० किसानका सात हजार कुखुराको परीक्षण गरेको छ । जसबाट ‘लो प्याथोेनिक एभिएन इन्फुलुन्जा’ (एच–नाइन) ४८ वटामा, रानीखेत १३ वटामा, गम्बारो १२२ वटामा र आइबी (इन्फुलुन्जा व्रोङ्गकाइटिस) दुई वटामा देखिएको श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सोही अवधिमा एक हजार १२० वटा कुखुराको कलेजो परीक्षण गरिएको थियो । सो परीक्षणबाट इकोलाई सात सय ८५ वटामा र साल्मोनेला एक सय १२ वटामा देखिएको उनले बताए । जैविक सुरक्षाको अभावमा यी सङ्क्रमण देखिएका हुन् । फार्ममा दाना, पानी, औषधि, भुसलगायत सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उनी बताउँछन् । बजारमा निःसङ्क्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसङ्क्रमण गर्नुपर्ने हुन्छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित