गण्डकीमा चार हजार ‘किशोरी आमा’

ढोरपाटन । कानुनले २० वर्षअगावै विवाह गर्न बर्जित गरेको छ । बालविवाह रोक्नका लागि सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर यसको न्यूनीकरण भने हुनसकेको छैन । सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा उमेर नपुग्दै विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या उस्तै छ । यस प्रदेशमा पछिल्लो दुई वर्षमा कुल ३९ हजार १२९ जना सुत्केरी हुँदा चार हजार २५५ जना २० वर्षमुनिका किशोरी छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार २० वर्षमाथिका सुत्केरी हुने महिलाको सङ्ख्या ३५ हजार ८७४ छ । यस अवधिमा सबैभन्दा कास्कीमा सुत्केरी हुनेको सङ्ख्या बढी छ । कास्कीमा १० हजार ८९५ जना सुत्केरी हुँदा एक हजार ३६८ जना २० वर्षमुनिका किशोरी छन् । यो अवधिमा सबैभन्दा कम मनाङमा सुत्केरी भएका छन् । यस जिल्लामा १५ जना महिला सुत्केरी हुँदा एक जना २० वर्षमुनिका किशोरी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०।८१ मा कुल २१ हजार १२७ सुत्केरी भएकामा २० वर्षमुनिका दुई हजार २७४ किशोरी छन्भने २० वर्षमाथिका १८ हजार ८५३ रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । आव २०८१।८२ कुल १८ हजार दुई जना सुत्केरी भएकामा २० वर्षमुनिका एक हजार ९८१ जना किशोरी छन् । बीस वर्षमाथिका १६ हजार २१ जना महिला रहेको उनको भनाइ छ ।

पछिल्लो दुई वर्षमा बागलुङमा चार हजार छ ४२ जना सुत्केरी भएका छन् । जसमा २० वर्षमुनिका छ सय ६९ जना किशोरी छन् । पर्वतमा कुल एक हजार १५५ जना सुत्केरी भएकामा एक सय ९१ किशोरी छन् । म्याग्दीमा एक हजार ४१८ जना सुत्केरी भएकामा दुई सय ९३ जना २० वर्षमुनिका किशोरी छन् । मुस्ताङमा ९० जना सुत्केरी भएकामा छ जना २० वर्षमुनिका किशोरी छन् ।

त्यसैगरी, स्याङ्जामा एक हजार ८८७ जना सुत्केरी भएकामा दुई सय ४२ जना २० वर्षमुनिका किशोरी छन् । तनहुँमा दुई हजार ५८ जना सुत्केरी हुँदा तीन सय ४३ जना २० वर्षमुनिका किशोरी रहेका छन् । लमजुङमा दुई हजार १६१ जना सुत्केरी भएकामा २० वर्षमुनिका दुई सय ३५ किशोरी छन् । गोरखामा तीन हजार २३ जना सुत्केरी भएकामा चार सय एक जना २० वर्षमुनिका किशोरी छन् । नवलपुरमा दुई हजार ६५८ जना सुत्केरी भएकामा पाँच सय छ जना २० वर्षमुनिका किशोरी रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बालविवाह रोक्नका लागि सरकारले सबै स्थानीय तहसँग सहकार्य गरेर चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । कानुनले नै बालविवाहलाई बर्जित गरेको हुँदा यस्तो विवाह गराउनेलाई कानुनी दायरामा ल्याउने काम गरेको उनको भनाइ छ । प्रदेश सरकारले बालबालिकालाई स्वास्थ्य सचेतना र बालविवाह न्यूनीकरणसम्बन्धी कार्यक्रम निरन्तर गरिरहेको मन्त्री पाठक बताए । विद्यालय तहबाट नै यौन शिक्षा दिने, स्कुल नर्सको सहयोगमा विभिन्न कार्यक्रम पनि सञ्चालन भइरहेको उनको भनाइ छ ।

धवलागिरि प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा विजय ओझाले २० वर्ष उमेर नपुग्दै बच्चा जन्माउँदा किशोरीहरूको शरीर पूर्ण रूपमा विकास नभएकाले गर्भ धान्न गाह्रो हुने बताए । सुत्केरी हुने समयमा शारीरिक बनावट पर्याप्त नहुँदा शल्यक्रिया गर्नुपर्ने सम्भावना बढी हुने उनको भनाइ छ । बच्चा जन्माउँदा अत्यधिक रक्तश्राव हुने खतरा बढी हुने डा ओझा बताउँछन् ।

कम तौलका बच्चा जन्मिने, अपुग तौलले बच्चालाई दीर्घकालीन स्वास्थ्य समस्या पर्ने र किशोरावस्थामै जन्माएको बच्चाको अङ्ग पूर्ण विकास नभएकाले गम्भीर स्वास्थ्य समस्या देखिने उनको भनाइ छ । उमेर नपुगी आमा बनेपछि सामाजिक दबाब, लाज, डर आदिका कारण मानसिक स्वास्थ्यमा असर पर्ने डा ओझाले बताए। बीसदेखि ३४ वर्षको बीचमा बच्चा जन्माउनका लागि उत्तम उमेर रहेको उहाँको भनाइ छ । सानै उमेर विवाह गरेर बच्चा जन्माउँदा घरेलु हिंसा बढी हुनसक्ने उनले सुनाए ।

नेपालको मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष पूरा नभई विवाह गर्न बन्देज गरेको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ ले उमेर २० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुनेछ । साथै कसुर गर्ने जोकोही व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित