जग्गा विवादमा भाउजूको हत्या, देवर पक्राउ

काठमाडौं । सर्लाहीमा जग्गाको विषयमा विवाद हुँदा कुटपिट गरी भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका-२ भेल्हीकी ७० वर्षीया सागर देवीको हत्या आरोपमा उनकै देवर ६५ वर्षीय पुकार रायलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जग्गा विवादमा आरोपित रायसहित उनका छोरा जितु भन्ने जितेन्द्र राय र बुहारी अनिता देवी रायसमेत मिलेर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

घटनामा संलग्न जितेन्द्र र अनिता फरार रहेकाले खोजीकार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित