संविधान संशोधनको प्रक्रिया अघि बढाइने

काठमाडौं । सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा संविधानको समीक्षा गर्ने र कमजोरीलाईलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ।

‘संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गर्ने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने।’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउँदा भएको ७ बुँदे सहमतिमा संविधान संशोधनको काम अघि बढाउने उल्लेख गरिएको थियो। तर, सरकार बनेको लामो समयसम्म पनि यसमा काम नगरेको भन्दै सरकारको आलोचना भइरहेको थियो।

त्यस्तै नीति तथा कार्यक्रममा संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण गर्ने र यसविरुद्धका गतिविधिको प्रतिवाद गर्ने समेत उल्लेख गरिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित