नयाँ वर्षमा अर्को सरकार बन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले यो सरकार धेरै दिन नरहने बताएका छन् । गृहजिल्ला चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले नयाँ वर्षमा नयाँ सरकार बन्ने बताए ।

त्यसबारे उल्लेख गर्दै उनले आफूले घटनाक्रमहरू सोहीअनुसार विकसित भएको पाएको बताए । नयाँ अनुभवका आधारमा आफूले यो कुरा गरेको प्रचण्डको भनाइ छ ।

‘यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ,’ नयाँ सरकार बन्न सक्ने सम्भावनाबारे उल्लेख गर्दै प्रचण्डले भने, ‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’

प्रचण्डले कांग्रेसको नेतृत्वमा सरकार बन्ने स्थिति आए सघाउन तयार रहेको बताउँदै आएका छन् । कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई सरकारमै सहभागी भएर या नभएर पनि आफूहरूले सघाउने उनले भन्दै आएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित