काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु हुँदैछन् ।
शुक्रबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । जसमा पहिलो खेल ब्राजिल र क्रोएसियाबीच हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने ब्राजिल र क्रोएसियाबीचको खेल राति ८: ४५ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो भने क्रोएसियाले जापानलाई हराएको थियो ।
त्यस्तै राउण्ड अफ १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई हराएको थियो भने नेदरल्यान्ड्सले अमेरिकालाई हराएको थियो ।







































