‘बा’ प्रवृत्तिविरुद्ध गठबन्धन : मन्त्री पौडेल

गलकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘बा’ प्रवृत्तिविरुद्ध गठबन्धन भएको बताएका छन् । मंगलबार गलकोटमा घरदैला तथा कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओली ‘बा’ प्रवृत्तिविरुद्ध ५ दलीय गठबन्धन भएको बताएका हुन् ।

‘केपी ओली प्रतिगमनकारी हुन्,’ उनले भने, ‘संविधान मिच्ने, छोराछोरीले भनेको मात्रै सुन्न र न्यायलयमाथि हमला गर्ने केपी ओली ‘बा’ प्रवृत्तिविरुद्ध पाँच दलीय गठबन्धन भएको हो ।’

प्रधानमन्त्री ओलीका चार गल्तीले देश दुर्घटनाको बाटोमा गएको उनले आरोप लगाए । ओलीले संविधानको चिरहरण गरी दुई दुई पटक जनप्रतिनिधिको सर्वोच्च थालो संसद विघठन गर्ने, आफ्नै नेतृत्वको नेकपा फुटाउने, न्यायलयमाथि हस्तक्षेप गर्ने र राष्ट्रपति पदको दुरुपयोग गरी संविधान कुल्चनेलगायतका काम गरेको उनको आरोप छ ।

ओलीले न्यायलयमाथि गरेको हस्तक्षेपकारी भूमिकाले न्यायालय अझै गतिमा आउन नसकेको बताउँदै पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण निर्वाचन समयमै भएको बताए । उनले आफू शिक्षा मन्त्री भएको बेला जिल्लामा विद्यालयको पूर्वाधार निर्माणका लागि अर्बौँ रकम भित्र्याएको बताए ।

‘बागलुङ जिल्लामा विद्यालयका भवनका लागि बजेट हाल्दा विपक्षीले मेरो आलोचना गरे,’ उनले भने, ‘ओली प्रधानमन्त्री हुँदा झापामा टावर हाल्दा उनको आलोचना नहुने मैले विद्यालय भवन निर्माणका लागि बजेट हाल्दा आलोचित हुनपर्ने ?’ पौडेलले जनताको मौलिक हकसँग सम्बन्धित ३३ वटा कानुन निर्माण गरेको बताउँदै कार्यान्वय हुने चरणमा रहेको उल्लेख गरे ।

देशमा बामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेको सन्दर्श निकाल्दै देशमा केपी ओली बागीको रुपमा रहेका टिप्पणी गरे ।५ वर्षको अवधिमा सबैको घर बस्तीमा जान नपाएपनि जनताकै पक्षमा काम गरिरहेको दाबी मन्त्री पौडेलको छ ।

कोणसभामा संविधान सभा सदस्य नरबहादुर पुन निरजले अहिलेको गठबन्धन ५ वर्षसम्म रहने बताए । राष्ट्रियता र संविधाको रक्षाका लागि साझा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै टोलटोलबाट लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । मध्यपहाडी लोकमार्गको बागलुङ बिहुँ खण्डको सडक कालोपत्रेमा ढिलाई भएको बताउँदै आफूहरुको अगुवाईमा चाँडै सडक कालोपत्रे हुने विश्वास व्यक्त गरे । गण्डकी प्रदेश सभा सदस्य उम्मेवदार जीतबहादुर शेरचनले देशको व्यापार घाटा ८७ प्रतिशत रहेको बताउँदै लयमा ल्याउन गठबन्धनले अपरिहार्य जित्नुपर्ने तर्क राखे ।

समाजमा जगडिएको प्रवृत्तिको अन्त्यका लागि नेता सच्चिएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै ५ वर्षको अवधिमा गल्ती कमजोरीलाई अब नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरे । राजनीति भनेको गरिबको जीवनस्तर उकास्न गरिने बताउँदै विजयी भएपछि जनताको मतको कदर गर्ने बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित