निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको छ : प्रचण्ड

लमजुङ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विकास र समृद्धिका लागि गठबन्धनले जित्नु पर्ने बताएका छन् ।

पाँच दलीय गठबन्धनले लमजुङको राइनसमा सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले जनताले अनुभूति गर्ने गरी आर्थिक विकासका काममा लाग्ने बताए । उनले भने, ‘मुलुकमा आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि जनतामा महसुस हुन नसकेको हो । आगामी दिनमा सत्तारुढ गठबन्धनले समग्र ध्यान आर्थिक विकास र समृद्धिमा दिनेछ ।’

अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको पनि दाबी गरे । उनले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह समेत गरेका थिए ।

पाँचदलीय गठबन्धनको तर्फबाट लमजुङबाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका देवप्रसाद गुरुङ र प्रदेश सभा ९क० मा कांग्रेसका डा। टकराज गुरुङ र प्रदेश सभा ९ख० मा कांग्रेसका भेषबहादुर पौडेललाई आफ्नो अमूल्य मत दिएर विजयी गराउन आग्रहसमेत गरे।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित