शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदातलको निर्णयलाई अपहेलना गरेको आरोप लगाएका छन् ।
मंगलबार ताराखोला गाउँपालिकामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीले अदातलको निर्णयलाई परमादेशको सरकार भनेर अदालतको निर्णयविरुद्ध बोलेको आरोप लगाएका हुन् ।
“जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्चाउने र अपमान गर्ने काम केपी ओलीले गर्नुभएको छ ।,” उनले भने, “यो सरकार परमादेशबाट जन्मिएको हो भनेर अदालतको निर्णयलाई अपहेलना गर्नुभयो ।
संविधानमा कार्यपालिका, व्यवस्थापिक र न्यायपालिकालाई छुट्टै प्रकारको अधिकार दिएकाले ओलीले अदालतको निर्णयविरुद्ध बोल्नु अपमान गर्नेकाम भएको बताए ।
“व्यवस्थापिकाले कानुन निर्माण गर्छ, कार्यापालिकाले कार्यान्व्यन गर्छ र कहिकतै संविधान र कानुनमा अवरोध भयो भने त्यसको व्याख्या र रक्षा गर्ने काम न्यायपालिकाको हो ।’, उनले भने, ‘न्यापालिकाकोले गरेको निर्णयको ओलीले अपहेलना गरे ।”
सोमबार बागलुङको बुर्तिबाङ चुनावी सभामा आएका ओलीले वर्तमान सरकार संविधानमै नभएको परमादेशबाट बनेको भन्दै टिप्पणी गरेका थिए ।

































