मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीमा भरतप्रसाद साह विनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेलीले विनाविभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । त्यस्तै गृह, सञ्चार तथा कानुन मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी शारदा थापाले प्राप्त गरेकी छन् ।

साह र भट्टराई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हुन् भने लुङ्गेली नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र थापा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेशसभा सदस्य हुन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट आजै पद तथा गोपनीयताको सपथ लिएका छन् । राज्यमन्त्री थापाले भने मुख्यमन्त्री यादवबाट सपथ लिएकी छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित