प्रतिगमनको खतरा अझैछ : शिक्षामन्त्री पौडेल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिगमनको खतरा अझै रहेको बताएका छन् ।

बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले देशीविदेशी तत्वहरुले षड्यन्त्र गरिरहेको बताउँदै अझै प्रतिगमनको खतरा नटरेको बताएका हुन् ।

संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै संविधानको रक्षाका लागि दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएको बताए । गठबन्धनलाई टुट्याउन विदेशी शक्ति नेपालमा आएको बताउँदै विभिन्न षड्यन्त्रलाई चिर्दै गठबन्धन अघि बढेको बताए ।

“संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउन बाम लोकतान्त्रिक शक्तिहरुको एक ठाउँमा उभिएका छौं,” उनले भने, “देशी विदेशी शक्तिहरु गठबन्धनलाई भत्काउन विभिन्न तरिकाले लागे पनि विफल भएको छ ।”

देशमा विभिन्न समस्या रहेको बताउँदै गठबन्धन सरकारले संविधान संशोधन गरेर अघि बढ्ने विश्वास व्यक्त गरे । बडिगाडमा उच्च शिक्षा अध्ययनका लागि सर्वदलीय निर्णय गर्न आग्रह गर्दै कृषि क्याम्पस स्थापनाका लागि आफूले निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गत निर्वाचनमा सिसाखानीको पुल बनाउने बाचा गरेको स्मरण गदै विभिन्न कारणले अल्झेको भन्दै चाडै काम हुने बताए । जनताको मतसँगै विकाश र समृद्धि जोडिएको भन्दै बागलुङको विकाशका लागि जीवनरहेसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

बागलुङ जिल्ला सुरुङमार्गको युगमा प्रवेश गरेको बताउँदै अहिल नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्याएको बताए ।
प्रदेश सभा सदस्यका उम्मेदवार जीतबहादुर शेरचनले तत्कालिन प्रधानमन्त्री केपी ओलीले दुई दुई पटक संविधानलाई च्यात्ने काम गरेकाले त्यसको रक्षाका लागि गठबन्धन भएको बताए । भ्रष्टाचार न्यूनिकरणका लागि जनता आफै सचेत हुनुपर्ने भन्दै अहिलेको अवस्था परिर्वतन गर्न नसकिए नेपालीको जीवनस्तरमा सुधार नहुने बताए ।

नेपालको आर्थिक वृद्धिदर २ प्रतिशतमा रहिरहेको बताउँदै १० प्रतिशतमा उक्लियो भने मात्रै प्रतिव्यक्ति आयमा वृद्धि हुने बताए । विपक्षी पार्टीले डेन्टपेन्ट गरी उम्मेदवार उठाएको भन्दै जनताले फैसला गर्नुपर्ने बताए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित