नेपाली चिकित्सकबाटै पहिलो पटक कलेजो प्रत्यारोपण

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मी टोलीको संलग्नतामा मात्रै पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको छ।

कलेजो प्रत्यारोपण विशेषज्ञ डाक्टर रमेशसिंह भण्डारीसहितको टोलीको संयुक्त प्रयासबाट गत पुस २७ गते कलेजो प्रत्यारोपण गरिएको हो।

सबै स्वास्थ्यकर्मीको अथक प्रयासबाट यो सफल रहेको उल्लेख गर्दै डा. भण्डारीले भने, ‘यो नेपालको स्वास्थ्य क्षेत्रकै लागि ठूलो सफलता हो र यो कामको लागि टोलीका सबै जना धन्यवादका पात्र हुनुहुन्छ। सबैको अथक प्रयासले यो कुरा सम्भव भएको हो।’

डा. भण्डारीका अनुसार ४१ वर्षीय पुरूषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो प्रदान गरेकी हुन्। गत पुस २७ गते कलेजो प्रत्यारोपणपछि ती पुरूषलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ।

नेपालमा पहिलोपटक २०७३ साल मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो। तर त्यो बेला दक्षिण कोरियाबाट आएका शल्यचिकित्सकको विज्ञ टोलीले प्रत्यारोपण गरेका थिए।

त्यसयता पनि नेपालमा कलेजो प्रत्यारोपण गरिएको भए पनि ती सबै प्रत्यारोपण विदेशका विशेषज्ञको टोलीको संलग्नतामा भएको थियो।

त्रिवि शिक्षण अस्पतालमा पनि २०७६ जेठ १७ गते पहिलोपटक भारतीय विशेषज्ञ टोलीको सहायतामा पहिलो प्रत्यारोपण गरिएको थियो। त्यसयता अस्पतालमा १० जनाको प्रत्यारोपण गरिए पनि ती सबै विदेशी विशेषज्ञको सहयोगमा भएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित