एजेन्सी । युइएफए नेसन्स लिगमा इंग्ल्याण्ड र इटाली बराबरी खेलेका छन् । गएराति भएको खेलमा इंग्लाण्ड र इटाली गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
इंग्ल्यान्डमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले पाुहना टोलीमाथि केही दवाव सिर्जना गरेपनि गोल गर्न सकेन । इटाली युरो च्याम्पियन हो भने इंग्ल्याण्ड उपविजेता हो ।
यो बराबरीसँगै इटाली समूहमा ३ खेलबाट ५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । इंग्यान्ड २ अंक जोडेर पुछारमा रहेको छ ।











































