बागलुङको कुन पालिकामा कुन दलले लिए अग्रता ?

बागलुङ जिल्लाको तीन वटा पालिकामा मतगणना जारी रहेको छ । गलकोट नगरपालिका, निसीखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा मतगणना चलिरहेको छ । जसमध्ये गलकोट नगरपालिकामा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिएका छन् । एमालेका पूर्ण काउचाले ३ सय ५० मत ल्याएका छन् । स्वतन्त्र उमेदवार मञ्जु शर्माको १ सय ५९ मत छ ।

उपप्रमुखमा माओवादीका फमलाल निउरेले ४ सय ९४ मतले अग्रता लिएका छन् । एमालेका रुपा बिकले ३ सय ६५ र स्वतन्त्र उमेदवार तिलक उप्रेतीले ५५ मत पाएका छन् ।

ताराखोला गाउँपालिकामा अध्यक्ष पदमा माओवादीका धनबहादुर बिकले २ सय ९४ मतले अग्रता लिएका छन् । एमालेका ऋषिरम रोकाको ५२ र स्वतन्त्र उमेदवार प्रकाश घर्तीको ९४ मत छ । उपाध्यक्षमा कांग्रेसका भिमबहादुर रोकाको २ सय ९६ मतले अग्रता लिएका छन् । एमालेका थममाया घर्तीले १ सय २ मत पाएका छन् ।

निसीखोलामा पनि गठबन्धनले अग्रता लिएको छ । अध्यक्ष पदमा कांग्रेसका सूर्यबहादुर घर्तीले १सय ४७ मतले अग्रता लिएका हुन् । एमालेका भूमिराज घर्तीमगरले १ सय १३ मत पाएका छ्न । उपाध्यक्षमा माओवादीका प्रेमबहादुर घर्तीले १ सय ५ र एमालेका भोटु चन्दले ७४ मत पाएका छन् । अन्य पालिकामा सर्वदलीय बैठक बसेपछि मतगणना शुरु हुने मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित