राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा निधन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको निधन भएको छ।

वीर अस्पतालमा उपचाररत उनको आज बिहान साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका नेपालीलाई बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

उनको शरीर ६० प्रतिशत जलेको थियो। यसबिच उनलाई थप उपचारका लागि भारत लाने तयारी पनि गरिएको थियो। तर स्वास्थ्य अवस्था अस्थिर भएपछि अन्तिम समयमा स्थगन गरिएको थियो।

कामको सिलसिलामा मुगुबाट काठमाडौं आएका गणेशका दाजु मदनले काठमाडौं महानगरको प्रहरीले अनावश्यक दुःख दिँदा घटना भएको आरोप लगाएका छन्।

स्थानीय प्रत्यक्षदर्शीले पनि गणेशले यात्रु ओराल्न रोकेको मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्विल लक’ गरेपछि उनी आवेशमा आएर आफ्नै जिउमा आगो लगाएको बताएका छन्। त्यस क्रममा महानगर प्रहरीसँग गणेशको केहीबेर भनाभनसमेत भएको थियो । सार्वजनिक भएका कतिपय भिडिओमा उनी रोकिराखेको मोटरसाइकमा बसेर महिला प्रहरीसँग पनि विवाद गरिरहेको देखिन्छ।

बिहीबार जिउमा आगो लगाएका गणेशले यही असार १३ पनि ‘ट्राफिक प्रहरीले दुःख दिएको’ भन्दै गाउँका भतिज पर्नेलाई म्यासेज पठाएका थिए। जसमा उनले ‘हिजो म सामान लिन गएको समयमा नगर पुलिसले ताला लगाइदियो यार। १००० तिर्नुपर्ने भो’, भनेर लेखेका छन्। उनले म्यासेजको अन्तिममा दुईवटा रोइरहेको इमोजी पनि राखेका छन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित