१० वर्षको बालकको शव गाडिएको अवस्थामा फेला, बाबुआमा पक्राउ

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका-४, नउलापुरमा करिब दश वर्षको बालकको शव फेला परेको छ । खेतमा गाडेको अवस्थामा बालक कुशल बुढाको शव फेला परेको हो । बालक कोहलपुरमा डेरा गरी बस्ने यशोदा बुढाको छोरा भएको पुष्टि भएको छ ।

कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल ८ गतेदेखि हराएको भन्दै आमा यशोधाले ९ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा निवेदन दिएकी थिइन् ।

कुशलको शवलाई सानो खाल्टो खनेर गाडिएको थियो । बाख्रा चराउन गएका मान्छेले मान्छेको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी गएर शव निकालेको थियो । शवभन्दा केही पर परालले छोपेको अवस्था साइकल र कुशलको टिसर्ट गाडिएको थियो ।

प्रहरीका अनुसार, कुशलका बुबाको केही वर्ष पहिला नै मृत्यु भएको थियो । आमाले निरकनाथ योगीसँग दोस्रो विवाह गरेकी छन् । कोहलपुरमा डेरा गरी सबैसँगै बस्थे ।

प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाउँदै अनुसन्धानका लागि आमा र सौतेनी बुबालाई नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित