काठमाडौं । रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको जिम्मेवारीबाट राजीनामा दिने भएकी छन् । प्रतिनिधि सभाको जिम्मेवारीमै रहने भन्दै उनले कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा प्रस्ताव गरेकी हुन् ।
रास्वपाभित्र पनि उनी अर्को चुनावसम्म पार्टीमा नरहने र अर्को पपुलिस्ट समूहबाट उम्मेदवार बन्ने आशंका भइरहेका बेला समानुपातिक सांसद श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिने भएकी हुन् ।
आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने जानकारी आफूले पाएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

































