भारतमा विवाह समारोहमा सिलिन्डर विस्फोट, पाँचजनाको मृत्यु, ५० घाइते

नयाँदिल्ली । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

राजस्थानको राजधानी जयपुरबाट चार सय ३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिन्डर विस्फोट भएको हो ।

मृतकमा दुई बालबालिकासमेत रहेका जोधपुरको जिल्ला कलेक्टरको कार्यालयका एक अधिकारीले जानकारी छन् । घाइतेहरु सबै जलेका र उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ । तीमध्ये १२ जना गम्भीर घाइते भएका र उनीहरुलाई विशेष उपचारका लागि जोधपुर पठाइएको छ ।

अधिकारीहरुका अनुसार यो घटना बेहुलाको घरबाट जन्ती निस्कनु अघि नै भएको थियो । कार्यक्रममा करिब १०० जना जम्मा भएको रिपोर्टले जनाएको छ ।

‘विवाह भोजको तयारी भइरहेको ठाउँमा ग्यास सिलिन्डर चुहिएर शक्तिशाली विस्फोट भएको र विष्फोटका कारण विवाह भइरहेको घरको एक भाग पनि भत्किएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित