भाटभटेनीमा अफर : ३० सेकेन्डमा छान्न भ्याएजति सामान सित्तैमा

भाटभटेनी सुपर मार्केटले दसैँ तिहार र छठको अवसरमा ग्राहक लक्षित योजना सार्वजनिक गरेको छ । सो योजनामा भाटभटेनीबाट सामान खरिद गर्ने ग्राहकमध्ये प्रत्येक स्टोरबाट ३÷३ जनाले ३० सकेन्डमा सकेजति सपिङको पैसा तिर्नु नपर्ने योजना पनि छ ।

यसपालिको दसैँ तिहार र छठ विगत ३ वर्षयताकै विशेष भएकोले यसपाली विशेष स्कीम ल्याइएको भाटभटेनी सुपरमार्केका चीफ अपरेटिङ अफिसर (सीओओ) पानु पौडेलले जानकारी दिए । भाटभटेनीले सबै सामानमा १० प्रतिशत छुट, एनआईसी एसिया बैंकको कार्डबाट भुक्तानी गर्दा थप १० प्रतिशत गरी २० प्रतिशत छुट र एनआईसी एसिया बैंकको स्मार्ट क्युआरबाट भुक्तानी गर्दा थप विभिन्न प्रकारका छुट र उपहार पाउने योजना ल्याएको पौडेलले बताए ।

‘अहिले भाटभटेनीका २३ वटा स्टोर छन्, यी स्टोरबाट हरेक साता ३/३ जनाको दरले अनलिमिटेड सपिङ स्कीम पाउनुहुन्छ, यसको लागि लक्की ड्रबाट छानिएका ग्राहकले ३० सेकेन्डमा जति सक्नुहुन्छ, त्यति सपिङ गर्न पाउनुहुन्छ,’ सीओओ पौडेलले भने । यो स्कीम भनेको एनआईसी एसिया बैंकको स्मार्ट क्युआरबाट भुक्तानी गर्दा सहभागी हुन पाइने स्कीम हो ।

उनका अनुसार यसरी सामान लिन पाइने भनेको ग्रोसरीका सामान हो । यस्तो योजना सार्वजनिक गर्नुअघि भाटभटेनीले परीक्षण पनि गरेको थियो । परीक्षण गर्दा स्मार्ट ग्राहकले २८ देखि ३० हजारको र सामान्य ग्राहकले ७ देखि १० हजारको सामान लिन सक्ने देखिएको पौडेलले जानकारी दिए । यस्तै, क्युआरबाट १० हजारभन्दा बढीको सामान खरिद गर्दा ३ सय रुपैयाँ पर्ने प्रिमियम व्याग सित्तैमा र त्योभन्दा कमको सपिङमा रेगुलर व्याग सित्तैमा दिने स्कीम ल्याइएको छ ।

भाटभटेनीले काठमाडौं उपत्यका बाहिरका भारतीय सीमा नजिकका ६ वटा स्टोरमा प्रतिकेजी ६९ रुपैयाँमा चिनी विक्री गरिरहेको छ । काठमाडौं उपत्यकासहित अन्य केही स्टोरमा प्रतिकेजी ८४ रुपैयाँको दरले चिनी विक्री गरेको छ । जबकि बजारमा अहिले चिनीको मूल्य प्रतिकेजी ९९ रुपैयाँदेखि १०५ रुपैयाँसम्म छ । प्रतिकेजी ६९ रुपैयाँमा चिनी बेच्दा प्रतिकेजी २७ रुपैयाँ र प्रतिकेजी ८४ रुपैयाँमा विक्री गर्दा ११÷१२ रुपैयाँ नोक्सानी भएको पौडेलले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित