बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ५ मा माओवादीको प्यानलै बिजयी भएको छ । माओवादी केन्द्रबाट वडाध्यक्ष पदका उम्मेदवार मनबहादुर रोकासहितको प्यानलले बिजयी प्राप्त गरेको हो ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार मनबहादुर रोका (हँसियाहथौडा) ४०७, धनप्रसाद बुढा (सुर्य) १०३, स्वतन्त्र विपिन रोका (पुतली) १०३, महिला सदस्य पार्वती पुन (हँसियाहथौडा) ३९०, दलित महिला जैकली दर्जी (हँसियाहथौडा) ३९९, सीता दमाई (सुर्य) ८९, खुल्ला सदस्य चन्द्रा रोका (हँसिया हथौडा) २९७, गंगामति घर्ती (सुर्य) ७७, स्वतन्त्र अर्जुन रोका (खरायो) १२२, खुल्ला सदस्य तारानाथ कँडेल (हँसिया हथौडा) ४०७ र ओमप्रसाद कँडेल (सुर्य) ९६ मत प्राप्त गरेका छन् ।
अहिले वडा नम्बर १ को मतगणना शुरु भएको छ ।


































