काठमाडौंमा घर फोडेर ३९ तोला सुन र नगद चोर्ने एकजना पक्राउ

काठमाडौं । काठमाडौंको बनस्थलीमा घर फोडेर ३९ तोला सुन र १ लाख ७१ हजार चोर्ने एकजना पक्राउ परेका छन् ।

गत मंसिर १८ गते घरको ढोका फोडेर घरबेटीको २६ तोला सुन र एक लाख १४ नगद तथा सोही घरमा भाडामा बस्नेको कोठाबाट १३ तोला सुन र ५७ हजार रुपैयाँ नगद चोरेर फरार रहेका गोरखाका डिलबहादुर घले पक्राउ परेका हुन् ।

बिहीबार उनलाई गोरखाको गोरखा नगरपालिका ६ बाट पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  उनी यसअघि २०७२ जेठमा समेत काठमाडौं महानगरपालिका २६ बाट एक घरमा चोरी गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट १ वर्ष ६ महिना १९ दिन कैद र २ लाख ७२ हजार ८९९ रुपैयाँ जरिवाना समेत भुक्तान गरी डिल्लीबजार कारागारबाट छुटेका थिए ।

उनलाई पक्राउ पश्चात थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित