भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष कैद

काठमाडौं । भ्रष्टाचार मुद्दामा काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय सुनाइएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले यो सजाय निर्धारण गरेको हो।

उनलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवाना पनि तोकिएको छ। सम्पत्ति शुद्धीकरणको मुद्दामा बस्नेतलाई १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो दाबी गरिएकोमा ३ वर्ष कैद सजाय हुने ठहर भएको छ भने बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ८६ पैसा जरिवाना हुने ठहर भएको छ।

त्यस्तै गैरकानुनी रुपमा कमाएको ठहर भएको सम्पत्तिसमेत जफत हुने भएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरणकै कसुरमा राष्ट्रसेवकलाई हुने अतिरिक्त १० प्रतिशत कैद सजायसमेत (३ महिना १० दिन) थप हुनेछ।

बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र सो कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ २२ पैसा क्षतिपुर्ति शूल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने समेत ठहर भएको छ।

त्यस्तै कँडेललाई पनि ८ वर्ष कैद सजाय हुने भएको छ। कँडेल र दुई कम्पनीले पनि २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ बिगो दामासायीले भराउनुपर्ने भएको छ।

उनीहरू २ व्यक्ति र २ कम्पनीविरुद्ध ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घूस लेनदेन गरेको आरोप थियो। उनी नेपाली कांग्रेसबाट लगातार २ कार्यकाल मेयर निर्वाचित भएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित