नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । सडक मर्मत सम्भारका लागि आगामी पुस ५ गतेदेखि एक महिनासम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी रोकिने ट्राफिक प्रहरीले जनाएको छ ।

नारायणघाटतर्फबाट छिर्ने यात्रुबाहक सवारी साधनले पन्ध्र किलो बजारदेखि जुगेडीसम्म रोकिनु पर्नेछ भने मालबाहक सवारीसाधनले भतेरी जंगलदेखि रामनगरसम्म रोकिनु पर्नेछ ।

यता काठमाडौंतर्फबाट जाने यात्रुबाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकार गेटसम्म र पोखराबाट आउने सवारीसाधन बेनीटारदेखि पावर हाउससम्म रोकिनुपर्ने बताइएको छ । काठमाडौंबाट जाने मालबाहक सवारी लेवाटारमा र पोखराबाट आउने सवारी आँबुखैरेनीमा रोकिनु पर्नेछ ।

ती स्थानमा सबै सवारीसाधनलाई दिउँसो ३ बजे मात्र छाडिनेछ । सवारीसाधन रोक्दा वा चलाउँदा लेन अनुशासन पालना गर्न र लामबद्ध भएको अवस्थामा ओभरटेक नगर्नसमेत ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित