सुर्खेत । कर्णाली प्रदेशमा प्रत्यक्षमा तेस्रो आएको नेकपा एमाले समानुपातिकमा पहिलो आएको छ । मंगलबार बिहानसम्मको नतिजाअनुसार कर्णालीमा नेकपा एमाले पहिलो दल भएको छ । ५ लाख ७७ हजार ८२९ भोट रहेको कर्णालीमा १ लाख ८३ हजार (५) भोट ल्याएर समानुपातिकमा नेकपा एमाले पहिलो दल बनेको हो ।
त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको कांग्रेसले समानुपातिकमा भने १ लाख ७० हजार ७५६ भोट ल्याएर दोस्रो भएको छ । त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको नेकपा (माओवादी केन्द्र) समानुपातिकमा तेस्रो दलको हैसियातमा खुम्चिएको छ । माओवादीले १ लाख ३७ हजार ६२९ भोट ल्याएको छ । एकीकृत समाजवादीले ३५ हजार८२६ भोट ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ भोट आफ्नो पक्षमा ल्याएको छ ।
नेपाल मजदुर किसान पार्टी ८ हजार ९९३ ,नेकपा माले ३ हजार ९९ भोट, नेकपा माओवादी समाजवादीले १ हजार ८७१ भोट, राष्ट्रिय जनमोर्चा १ हजार ८३६ भोट, हाम्रो नेपाली पार्टी १ हजार ६६२, जनता समाजवादी पार्टी, नेपाल १ हजार १२४, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ६०६, मंगोल नेशनल अर्गनाइजेशन ५७४, नेपाली कांग्रेस (बीपी) ५३८, विवेकशील साझा पार्टी ४८९, जनसमाजवादी पार्टी, नेपाल ४४५, नेपाली जनता दल ४२३ भोट रहेको छ ।
नेश्नलिष्ट पिपल्स पार्टी ४११, नागरिक उन्मुक्ति पार्टी ३८६, नेपालका लागि नेपाली पार्टी ३६०, एकल चिह्न बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी,नेपाल सुशासन पार्टी) ३२६, एकल चिह्न गितार (सामाजिक एकता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) र नेपाल दलित पार्टी ३२०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ३१२, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल २५४, राष्ट्रिय जनमुक्ति पार्टी २०४, नेपाल लोकतान्त्रिक पार्टी १४६, बहुजन शक्ति पार्टी ६३ र नेपाल संघीय समाजवादी पार्टी ४० भोट पाएका छन् ।






































